Monday, October 30, 2017

चोरिएको अधिकांश रकम फिर्ता

एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न रकम बाहिर आएको प्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “बाहिर जे आए पनि रु ३१ करोडमा मात्र ‘हिट’ भएको थियो, त्यसमध्ये रु १६ करोड मात्र कारोबार भएको थियो ।” उहाँले सबै रकम फिर्ता आउने अन्तिम चरणमा रहेको बताउनुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, “लगातार दुई दिन बिदा भएकाले काम भएन, आजदेखि काम शुरु भएको छ, सबै रकम फिर्ता हुन्छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts