Sunday, October 29, 2017

गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ ।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उहाँले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताउनुभयो ।

उहाँले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पु¥याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताउनुभयो ।

गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुनुहुन्छ ।

“सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भन्नुभयो, “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ ।“

माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै वाम गठबन्धनले जिते मात्र देशको स्थिरता र समृद्धि सम्भव हुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts