Thursday, October 5, 2017

नारायणीमा डुबेर दुईजना बेपत्ता

नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् । कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ । बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts