Tuesday, October 24, 2017

रुसी प्रधानमन्त्री चीन जाने

बेइजिङ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको समाचार छ ।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले चीनको भ्रमण गर्न लाग्नुभएको हो । उक्त कुराको जानकारी चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले मङ्गलबार दिनुभएको छ ।

सो भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले द्विपीक्षीय हित र चीन रुस सम्बन्धका विविध पक्षमा वार्ता गर्नुहुने बताइएको छ ।

यो वार्ता चीन र रुसका प्रधानमन्त्रीका बीचमा हुने नियमित वार्ता हो । यी दुई देशका प्रधानमन्त्रीको बीचमा हुने सो वार्ता २२ औँ रहेको पनि चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो ।

चिनियाँ विदेश मन्त्रालयद्वारा गरिने नियमित पत्रकार सम्मेलनका क्रममा मङ्गलबार प्रवक्ता केङ सुआङले राजधानी बेइजिङमा सो जानकारी दिनुभएको हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts