Sunday, October 29, 2017

छनोट प्रतियोगितामा भाग लिन नेपाल टोली कीर्गिस्तान प्रस्थान

काठमाडौँ।  एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोटमा सहभागी हुन नेपाली युवा फुटबल टोली आज कीर्गिस्तान प्रस्थान गरेको छ ।

यही कात्तिक १४ गतेदेखि सञ्चालन हुने उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सफलताको शुभकामना दिँदै आज बिदाइ गरिएको हो ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक कीर्गिस्तान, ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र बहराइन छन् । नेपालले मंगलबार कीर्गिस्तानको सामना गर्दै प्रतियोगिताको उदघाट्न गर्नेछ ।

त्यसैगरी, नेपालले आप्mनो दोस्रो खेल कात्तिक १६ गते बहराइनसँग, तेस्रो खेल कात्तिक १८ गते युएइसँग र चौथो तथा छनोट चरणको अन्तिम खेल कात्तिक २२ गते ओमानसँग खेल्नेछ ।

विभिन्न १० समूहमा विभाजन गरिएको छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts