Friday, October 6, 2017

वाम गठबन्धनको समाजवादी जनता दलको स्वागत

समाजवादी जनता दलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने र आगामी निर्वाचनमा सहकार्य गर्ने निर्णय सकारात्मक भन्दै त्यस प्रक्रियामा आफूहरु समेत सहभागी हुने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तन र स्थायित्वका लागि भएको तीन पार्टीको एकता र सहकार्यले आफ्नो पार्टीलाई समेत खुशी तुल्याएको भन्दै सक्रियतापूर्वक वाम गठबन्धनमा सहभागी हुने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

शनिबार सम्पन्न पार्टीको अध्यक्ष मण्डलको बैठकबारे आज जानकारी दिँदै अध्यक्ष सिंहले परिवर्तनका एजेण्डा संस्थागत गर्दै मुलुकलाई समाजवादको दिशामा लैजान वाम गठबन्धन आवश्यकता रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts