Friday, October 6, 2017

आलितालमा डुबेर एक बेपत्ता

डडेल्धुरा आलिताल गाउँपालिका – ३ स्थित पर्यटकीय एवं धार्मिक आलितालमा डुबेर एकजना बेपत्ता भएका छन् ।

पौडी खेल्न गएका आलिताल गाउँपालिका – ३ रक्सोनका ४१ वर्षीय बलबहादुर मास्के रानामगर सो तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।
बिहीबार दिउँसो पौडी खेल्न गएका रानामगर पौडी खेल्दाखेल्दै तालमा डुबेको इलाका प्रहरी कार्यालय आलितालले जनाएको छ । स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय जोगबुढा र आलिताल प्रहरी चौकीले उनको खोजीकार्य जारिराखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब निरीक्षक जोशीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts