Sunday, October 8, 2017

नेपाल–बंगलादेश व्यापार प्रवद्र्धनबारे छलफल

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग आज बंगलादेशको राजधानी ढाकामा शिष्टाचार भेट गर्नुभएको छ । 

भेटका क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

छलफलका क्रममा दुई पक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको छ । सचिव बैरागीले आजै बंगलादेशको ‘रोड ट्रान्स्पोर्ट एण्ड हाइवेज विभाग’का सचिव एमएएन सिद्धिकीसँग दुईपक्षीय बैठक गर्नुभएको थियो । उहाँहरुबीच दुई देशबीच यातायात र सम्पर्क सञ्जाल विस्तारका लागि समन्वय बढाउने विषयमा कुराकानी भएको थियो ।

सो भेटघाटमा बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, व्यापारी तथा नेपाली राजदूतावासका अधिकारीको सहभागिता थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts