Friday, October 27, 2017

‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता’

पोखरा, १० कात्तिक (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताउनुभएको छ ।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरताले देशले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई मजबूत बनाउनु आवश्यक भएकामा जोड दिनुभयो ।

उहाँले दलहरू एकापसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि सबै एक जुट बन्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले समृद्धिका लागि सात वटै प्रदेशमा विकासका भिन्न भिन्न नमूनासहित अघि बढ्न सकिने बताउनुभयो ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कुनै पनि हालतमा प्रदेश र संघको निर्वाचन नरोकिने बताउँदै देशले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनानुसारको ‘नयाँ मुलुकी ऐन’ पाएको जानकारी दिनुभयो ।

नेकपा(एमाले)का नेता खगराज अधिकारीले उपभोक्ता संस्थाले आफूलाई नमुना संस्थाका रुपमा स्थापित गरेको बताउनुभयो । संस्थाका अध्यक्ष बोधराज लामिछानेले लेखनाथ क्षेत्रमा १० हजारभन्दा बढी खानेपानीका धारा वितरण गरिएको र आगामी दिनमा अझै यसलाई व्यवस्थित गर्दै लाने सोच राखिएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीलगायतले खानेपानी योजनाको दीर्घकालीन विकास हुनुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts