Thursday, November 2, 2017

मारवाडी महिला सोनी प्रदेश सभामा सिफारिस

नेपाली काँगे्रसले प्रदेश सभाका लागि अल्पसंख्यक मारवाडी महिला अनिता सोनीलाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

काँग्रेसले प्रदेश सभाका लागि समानुपातिकतर्फबाट उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउँदा विराटनगरकी सोनीको नाम अग्रस्थानमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उद्यमी सोनी दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । अखिल भारत वर्ष माहेश्वरी महिला संगठनमा नेपालका तर्फबाट कार्य समिति सदस्यमा प्रतिनिधित्व गर्ने उहाँ एक मात्र महिला हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts