Tuesday, November 28, 2017

काँग्रेसले ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौँ।प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसले निर्वाचनको तयारीका लागि इलाममा तारामान गुरुङ, झापामा केशव निरौला, तेह्रथुममा उत्तमप्रसाद चापागाईं, धनकुटामा बालकृष्ण थापा, मोरङमा खिलानाथ दाहाल, सुनसरीमा थलकुमार लिंखा, उदयपुरमा प्रेमध्वज लामा, सप्तरीमा चित्रलेखा यादव, सिरहामा महेन्द्रप्रसाद यादव र सिन्धुलीमा बालचन्द्र पौडेललाई खटाएको जनाएको छ ।

त्यस्तै पार्टीले धनुषामा बजरङ्ग नेपाली, महोत्तरीमा स्मृतिनारायण चौधरी, सर्लाहीमा रामचन्द्र तिवारी, काठमाडौँमा प्रेमबहादुर खड्का, भक्तपुरमा कमला पन्त, ललितपुरमा डा राजाराम कार्की, काभ्रेमा बहादुर सिंह (लामा) तामाङ, मकवानपुरमा जीवनप्रेम श्रेष्ठ, रौतहटमा गणेशचन्द्र तिमल्सिना, बारामा राजकृष्ण अमात्य, पर्सामा शोभाकर पराजुली र चितवनमा भीम ढुंगानालाई खटाएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

काँग्रेसले कास्कीमा तुलसीनारायण श्रेष्ठ, तनहुँमा रामनाथ अधिकारी, स्याङ्जाम डा नारायण चापागार्इं, गुल्मीमा डा टकराज गुरुङ, पाल्पामा चन्द्रबहादुर कुँवर, अर्घाखाँचीमा रेशम बाँनिया, नवलपरासी (पूर्व)मा किरण पौडेल, नवलपरासी (पश्चिम)मा प्रमोद शर्मा, रुपन्देहीमा अयोध्या यादव, कपिलवस्तुमा जयबहादुर टण्डन, पर्वतमा मणिभद्र शर्मा, प्यूठानमा बालकृष्ण पाण्डे, सल्यानमा जितविक्रम मल्ल र दाङमा प्रा डा धनेश्वर नेपाललाई निर्वाचनमा पार्टीको तयारीको जिम्मेवारी दिएको छ ।

त्यस्तै पार्टीले दैलेखमा कान्तिका सैजवाल, सुर्खेतमा धु्रव अधिकारी, बाँकेमा अब्दुल सतार, बर्दियामा उद्धव सिग्देल, अछाममा प्रा डा अक्कलदेव मिश्र, डोटीमा रीता शाही, कैलालीमा देवराज जोशी र कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडूलाई खटाएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts