Thursday, November 2, 2017

निर्वाचन शान्तिपूर्ण सञ्चालन गर्न समिति

आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष रुपमा सञ्चालन गर्नका लागि प्रजिअ जगदीशराज बरालको संयोजकत्वमा सर्वदलीय सर्वपक्षीय निर्वाचन समन्वय समिति बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले समन्वय समिति बनाएको हो । समितिका सदस्यमा स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, श्रीनाथ गणका प्रमुख सेनानी रोहित गुरुङ, प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्याल, सशस्त्र प्रहरी नायब उपरीक्षक सुमनजंग थापा र प्रमुख अनुसन्धान अधिकृत विमल घिमिरेलगायत रहेको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।
बैठकले राजनीतिक दललाई एक किमीको फरकमा मात्र चुनावी गतिविधि गर्ने, एउटै स्थलमा एकै समयमा दुई वा सोभन्दा बढी दलले कार्यक्रम नगर्ने, कार्यक्रम गर्दा सुरक्षा निकायलाई जानकारी दिने लगायतको निर्णय गरेको छ । (रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts