Wednesday, November 1, 2017

देवकोटाको स्मृतिमा ज्येष्ठ नागरिकलाई सम्मान

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औँ जयन्तीको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कुलेश्वर आवास परिवार कल्याण संस्था र साहित्य कला संस्कृति समाजले यहाँ बुधबार आयोजना गरेको कार्यक्रममा संस्थालाई सहयोग पु¥याउने ९२ वर्षीय ज्येष्ठ नागरिक हरिहर बास्कोटा र प्रा घनश्याम कँडेललाई सम्मान गरेको हो ।

प्रा डा महादेव अवस्थी, प्रा डा तुलसी भट्टराई, कवि रमेश खकुरेल र डा देवी भुसालले महाकवि देवकोटाले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा कविहरु रमेश खकुरेल, डा रामप्रसाद ज्ञवाली, तीर्थराज भट्ट, विजय भट्टराई, नीलहरि सुवेदी, यामसन प्याकुरेल, डा देवी भुसाल, वसन्त घिमिरे, विद्यालक्ष्मी श्रेष्ठ, सुप्रिया पौडेल, रश्मिता राई, प्रशान्त थापालगायतले कविता वाचन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts