Thursday, November 2, 2017

पशु प्रयोगशाला सञ्चालनमा

पशुपालक कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले जिल्लामा निजीस्तरमा पहिलोपटक पशु प्रयोगशाला सञ्चालनमा आएको छ ।

‘हाम्रो भेटनरी सेवा सहकारी संस्था’ले पशुको दूध, रगत, पिसाब र गोबर परीक्षण गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको हो । भेटनरीमा आबद्ध पेशाकर्मीको लगानीमा स्थापित सहकारीले रु पाँच लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष डा दिलीप सापकोटाले जानकारी दिनुभयो ।

“यसअघि चिकित्सकको ज्ञान र सीपको आधारमा पशुको उपचार गरिन्थ्यो”, उहाँले भन्नुभयो, “प्रयोगशालामा परीक्षणपछि प्राप्त नतिजाका आधारमा पशुको उपचार गर्न सहज हुनेछ ।”

पछिल्लो समय जिल्लामा व्यावसायिकरुपमा पशुपालन गर्दै आएका किसान थुनेलो रोगको संक्रमणबाट पीडित बनेका छन् । थुनिलो रोग न्यूनीकरण गर्ने लक्ष्यका साथ प्रयोगशाला सञ्चालनमा आएपछि किसानले राहत पाउने भएका छन् ।

बिर्तामोड महानन्द चोकमा हाम्रो भेटनरी सेवा सहकारी संस्थाको मातहतमा परीक्षण प्रयोगशाला सञ्चालनमा आएको हो । उक्त सेवा यसअघि जिल्ला पशु सेवा कार्यालय भद्रपुरबाट मात्र प्राप्त हुने गरेको थियो । सहकारीमार्फत प्रयोगशाला सञ्चालनमा आएपछि किसानले राहत पाउने भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts