Monday, November 27, 2017

गाउँको विकासमा सहयोग गर्ने प्रवासी थाइवाङेको सम्मान

बेनी, म्याग्दी।  म्याग्दीको मंगला गाउँपालिका–१ थाइवाङमा विदेशमा रहेर थाइवाङको विकासमा सहयोग गर्दैआएका प्रवासी म्याग्देलीलाई सम्मान गरिएको छ ।

सोमबार थाइवाङ गाउँमा आयोजित एक कार्यक्रममा पञ्चासेखोलादेखि थाइवाङसम्मको करिब तीन किमी मोटरबाटो निर्माण, विद्यालयको भवन निर्माण, स्वास्थ्य चौकी निर्माणका लागि सहयोग गर्ने नौजना प्रवासी थाइवाङवासीलाई सम्मान गरिएको गाउँ उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

नौजना प्रवासी थाइवाङेले करिब रु सात लाखको लगानीमा पञ्चासेखोलादेखि गाउँसम्म सडक निर्माण गरेका थिए । थाइवाङ सहयोग समितिका अध्यक्ष अजित रञ्तिजाले गाउँको विकासमा आगामी दिनमा पनि आफूहरुले निरन्तररुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा रञ्तिजाले थाइवाङ आधारभूत विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा वितरण गर्नुभएको थियो ।

गाउँको विकासका लागि प्रवासी थाइवाङेहरुले मात्र होइन स्थानीयवासीले पनि रु पाँच हजारदेखि एक लाख दुई हजारसम्म सहयोग गरेका स्थानीयवासी शिक्षक बलिभद्र गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts