Thursday, November 2, 2017

कपिलवस्तुमा तीन लाख ११ हजार मतदाता

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि कपिलवस्तुमा २३३ मतदानस्थल र ४१० मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट तीन प्रतिनिधि सभा र ६ जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुनेछन् ।

जिल्लामा मतदाताको सङ्ख्या तीन लाख ११ हजार ७६० रहेको छ । कूल मतदातामध्ये महिला एकलाख ४२ हजार २९२ रहेका छन् भने दुईजना तेस्रोलिङ्गी पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिनिधि सभा मतदाता

कपिलबस्तुका क्षेत्र नं १ मा एक लाख १६ हजार ९३६, क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र क्षेत्र नं ३ मा ९२ हजार ४०३ मा मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts