Friday, November 3, 2017

निर्वाचनका लागि ७७० सुरक्षाकर्मी परिचालन

मनाङ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा ७७० सुरक्षाकर्मी गरिएको छ ।

नेस्याङ, नार फु, चामे र नासोङ गरी चारवटा गाउँपालिका रहेको जिल्लामा २८ वटा मतदान केन्द्र रहेको छ । जिल्लामा निर्वाचनका लागि २२५ अन्य कर्मचारीलाई समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

जिल्लामा पाँच हजार ८८१ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ मा दुई हजार ७५० र प्रदेश क्षेत्र नं २ मा तीन हजार ७०७ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं १ र क्षेत्र नं २ मा १४÷१४ वटा मतदान केन्द्र रहेको छ ।

चामे गाउँपालिकामा ५, नासोङ र नेस्याङमा ९÷९ तथा नार फु गाउँपालिकामा ५ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयोे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts