Sunday, November 26, 2017

करेन्ट लागेर शरीर जलेका युवालाई दुई लाख सहयोग

पाल्पा।  करेन्ट लागेर शरीर जलेका युवालाई युकेबाट रु दुई लाख सहयोग प्रदान गरिएको छ ।

आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई युके बस्ने केशवबहादुर ज्ञवालीले रु दुई लाख सहयोग गर्नुभएको हो । आर्थिक सहयोग पाएपछि रास्कोेटीको उपचारका लागि ठूलो राहत मिलेको छ ।

करेन्ट लागेर शरीर जलेर तानसेनस्थित मिसन अस्पतालमा उपचाररत रास्कोटीको आर्थिक स्थिति कमजोर रहेपछि उपचारमा समस्या भएको स्थानीय बासिन्दा रमेश परियारले बताउनुभयो ।

आर्थिक सहयोग प्राप्त भएपछि उपचार सम्भव भएको स्थानीय बासिन्दा विष्णु परियारले बताउनुभयो ।

ज्ञवाली तानसेन नगरपालिका–१४, अर्गलीको कुसेनीमा जन्मेर हाल सब परियार युके बस्दै आउनुभएको छ । उहाँले यसअघि पनि आफ्नै लगानीको अर्गलीको कुसेनीमा चौतारी निर्माण गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts