Sunday, November 26, 2017

निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली

काठमाडौँं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गर्नुभएको छ ।

एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेता ओलीले भन्नुभयो, “ एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ । ”

अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभयो ।

सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts