Sunday, November 26, 2017

नेपालद्वारा चीन पचास रनले पराजित

काठमाडौँ।आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो ।

नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने थियो । तर युएइ विजयी भएपछि नेपाल शीर्ष दुईमा पर्न सकेन ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०२ रनको योगफल तयार ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १८ रनको योगदान दिइन् भने काजोल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन जोडिन् ।

बलिङतर्फ चीनकी झाङ जिएङजुले तीन विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रेको चीनले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो । चीनका लागि हान लिलिले १५ तथा सायुन जाउले १० रन बनाए । बलिङतर्फ नेपालकी कप्तान रुविना क्षेत्री र सवनम राईले समान तीन÷तीन विकेट तथा सीता राना मगरले दुई विकेट लिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts