Thursday, November 2, 2017

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या तीन लाख ३१ हजार ६७९ रहेको थियो । यसको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १४ हजार ५३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts