Wednesday, November 1, 2017

शिक्षित सन्थाल युवायुवती कला, संस्कृति संरक्षणमा

जनता क्याम्पस, रंगेलीबाट बिएड उत्तीर्ण गरेका २७ वर्षीय करण बेस्रा चर्च सुधारको पाँच सयौँ वार्षिक उत्सव कार्यक्रममा आयोजना गरिएको नृत्यमा मजाले ढोल बजाएर नाच्नुभयो ।

उहाँहरुको संस्कारअनुसार परम्परागत धोती र सेतो फेटाले सजिनुभएका उहाँँ टोलीमा सहभागीलाई ढोल बजाएर नचाउनुभयो । उहाँमात्र होइन उहाँका भाइ अविनास बेस्रा पनी दाइसँगै सेतो फेटा र हरियो धोतीमा मज्जाले नाच्नुभयो ।

उहाँहरु त प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँहरुजस्ता दश जोड दुई पढाइ सकेका आधा दर्जन युवतीसमेत समुदायको पहिचानको रुपमा रहेको सन्थाल जातिको नाचको भाकामा कम्मर मर्काउँदै सँगै नाच्नुभयो ।

उहाँले भन्नुभयो “पाश्चात्य संस्कृति मौलाउँदै गएको छ, त्यसैले आफ्नो परम्परागत संस्कृतिलाई संरक्षण गर्न लागिपरेका हौँ । उहाँहरुजस्तै रंगेलीको रत्न उच्च माविबाट दशजोड दुईको पढाइ सक्नुभएकी युवती चचिन्ता मरन्डीलाई समेत आफ्नो जातको पहिचान हराउनेमा चिन्ता छ । उहाँ भन्नुहुन्छ “मेरो पहिचान रहेन भने म कुन जातको हो, कसरी भन्ने ? त्यसैले सांस्कृतिक पहिचान र परम्परागत पेशा संरक्षणका लागि परेका हौँ ।”

उहाँजस्तै आधादर्जन पढेलेखेका अर्थात् दश जोड दुई सकेका युवती जाति पहिचानको संरक्षण गर्न लागिपर्नु भएको छ ।

सो समुदायका अरु पढेलेखेका युवा सन्थालले नृत्य भन्ने बित्तिकै नाक खुम्च्याउने गरेका छन् । मोरङको कटहरी गाउँपालिकाको डङटोलीका बाबुराम टुडुलाई क्याम्पस पढाउँदा पढाउँदै फुर्सद छैन ।

उहाँका बालबच्चालाई पनि जाति नृत्यभन्दा पढाइलेखाइमा ध्यान केन्द्रित गराउनुहुन्छ । उहाँले भन्नुभयो “मलाई यस्तो नृत्य गर्न मन त छ, तर फुर्सद छैन ।” उहाँलाई हेर्न पनि मनपर्छ तर भ्याउनुहुन्न ।

यस्तो बेलामा आफ्नो जातिको पहिचान झल्काउने यस्ता नृत्य गर्नबाट टाढिँदै गएको बेला शिक्षित सन्थाल युवाको एउटा जमात आफ्नो संस्कृति संरक्षण र पहिचान झल्काउने परम्परागत नाचको संरक्षणमा लाग्नुले आफ्नो भाषा, संस्कृति, कला र पहिचानको जगेर्ना गर्न लागिपरेका छन् ।

पिता पुर्खादेखि धरोहरको रुपमा लिइँदै आएका यस्ता नाच विशेष पर्वमा महत्व राख्दछन् । उनीहरु तिहारमा (लागडे) पुस मसान्तमा दाँसाँई, विवाहमा डोङ, दाबल्ला, फागुनमा वाहएन, फागुन महिनामै नाचिने (फगुवा वाहा), का साथै सांस्कृतिक नाचमा काराम गुलबारी, नटवलजस्ता नृत्य विशेष पर्वमा महिला र पुरुषले नाँच्ने गर्दछन् ।

तिहार, होली, मंसिरे पूर्णियाँजस्ता बेलामा सन्थाल समुदायको नृत्य प्रदर्शन गर्ने र रमाइलो सांस्कृतिक कार्यक्रमको मेला लाग्ने गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts