Friday, November 3, 2017

निर्वाचनलगत्तै एमाले–माओवादी एक हुने

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचन सकिएलगत्तै एकता हुने बताउनुभएको छ ।

एमाले टोखा – २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो । काठमाडाँै क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहनुभएका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जिकिरसमेत गर्नुभयो । “हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ”, उहाँले भन्नुभयो, “अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।” उहाँले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताउनुभयो ।

“वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन”, उहाँले थप्नुभयो, “देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हँुदैन ।” कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापी रुपमा सजिलै जित्ने जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts