Sunday, December 17, 2017

मूर्तिकला प्रदर्शनी

काठमाडौँ । नेपाल कला परिषद्मा अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भ¥याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ ।

झ्वाट्ट हेर्दा सडकमा देखिने साँच्चिकै अजंगको साँढेजस्तो लाग्छ । त्यसमाथि विराजमान छन् भगवान्् महादेव । युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले तयार पार्नुभएको उक्त मूर्तिको उचाइ नौ फिटको छ । फाइबर ग्लास (एक प्रकारको झोल पदार्थ) बाट १० महिना लगाएर हातैले श्रेष्ठले तयार पारेको उक्त मूर्तिको तौल ३०० केजी रहेको तथा १०० वर्षको ग्यारेन्टी दिन सकिने रासससँगको कुराकानीमा मूर्तिकार श्रेष्ठले बताउनुभयो ।

उक्त मूर्तिको आशयका बारे श्रेष्ठले भन्नुभयो, “मैले बादलमाथि साँढे चढेको महादेवको सिर्जना गरेको छु । यसको अर्थ देवताबीचको युद्धका लागि जाँदै गरेको महादेवको कल्पना गरी यो मूर्ति तयार पारेको हुँ । मूर्तिको मूल्य रु ९० लाख अपेक्षा गरेको छु ।”

नेपाल ललितकला क्याम्पसबाट फाइन आर्ट विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठको यो पहिलो एक मूर्तिकला प्रदर्शनी हो । परम्परागत, धार्मिक तथा काठमाडौँको नेवार संस्कृतिको पहिचानलाई केन्द्रित गरी यहाँ मूर्ति तयार पारिएको छ । यी चार वर्षकाबीचमा सिर्जना गरेका आश्चर्य लाग्दा २२ मूर्ति प्रदर्शनी कक्षमा राखिएको छ ।

विभत्स परिणाम, प्रसव, विवशताका धुनहरु, अस्तित्व, संघर्षको शुरुबाट, दिनरात, अनुनय, बुद्ध, उत्सुकताको पर्खाइ, प्रेमजस्ता शीर्षकका मूर्ति काठ, मार्बल, टेराकोटा, मिक्स मिडियम आदिबाट मूर्ति बनाइएको छ । उक्त मूर्ति रु २० हजारदेखि रु तीन लाखसम्म मूल्यका छन् ।
कुराकानीकै क्रममा उहाँले थप्नुभयो, पैसा कमाउनेभन्दा पनि यो सिर्जनाले आफूलाई गौरव बनाएको छ । आफूले सोचेको वा कल्पना गरेको विषय मूर्तिमार्फत देखाउन सफल भएको छु ।

पुस १ देखि शुरु भएको उक्त मूर्ति प्रदर्शनी पुस ८ गतेसम्म चल्ने कार्यक्रम छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts