Tuesday, December 19, 2017

माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

काठमाडौँ । आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते हुनुभएको छ ।

बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते हुुनुभएको हो ।

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ । दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts