काठमाडौं।जापानी सम्राट् अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज यहाँ स्वागत समारोह आयोजना गर्नुभएको छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालमा रहेका जापानी नागरिकलगायत व्यक्तित्वको सहभागिता थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
समारोहमा उपस्थित व्यक्तित्वलाई नेपालका लागि जापानी राजदूत ओगावाले स्वागत गर्दै जापान नेपालको एक असल मित्र राष्ट्र रहेको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिकलगायत विभिन्न क्षेत्रको विकासमा जापानले पु¥याउँदै आएको र आगामी दिनमा पनि नेपालको विकासमा सहयोग निरन्तर रहने बताउनुभयो ।रासस
Friday, December 15, 2017
जापान नेपालको असल मित्र राष्ट्र
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment