Wednesday, December 13, 2017

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

हेटौँडा।संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ ।

जिल्लाका जनताको भावनाअनुरुप राजनीतिक दल, सामाजिक संघ संस्था र स्थानीय तहको सरकारका तर्फबाट हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

राजधानी बनाउन सरोकार समितिसमेत गठन गरी माग गरिँदै आएको भन्दै समितिले तत्कालीन सरकारले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनी निर्वाचन प्रचारबाजीको विषय बनाएकामा विरोधसमेत गरेको छ ।

“तत्काल राजधानी बनाउने दबाबलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारबाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ”–विज्ञप्तिमा भनिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts