Tuesday, December 12, 2017

स्याङ्जा १ (ख) मा गुरुङ विजयी

वालिङ, स्याङ्जा, २६ मंसिर (रासस) ःस्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ ।

नेकपा (एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी हुनुभएको हो । गुरुङले २० हजार २४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गर्नुभएको हो । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो ।

यसअघि स्याङ्जा १ प्रदेशसभा(क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसक्नुभएको छ । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

२ ‘क’ मा रेग्मी 

स्याङ्जा क्षेत्र नं २ प्रदेशसभा (क) मा वाम गठबन्धनका मोहन रेग्मी विजयी हुनुभएको छ । नेकपा (एमाले) खेलकुद विभागका केन्द्रीय सदस्य रेग्मी १६ हजार ६१३ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विष्णु पौडेललाई तीन हजार ४७३ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । पराजित पौडेलले १३ हजार १४० मत प्राप्त गर्नुभएको छ ।

दुई प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको स्याङ्जामा यसअघि दुईवटा प्रदेशसभाको नतिजा आइसकेको छ भने अब दुई प्रतिनिधिसभा र एउटा प्रदेशसभाको नतिजा आउन बाँकी रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा वाम गठबन्धनका नारायणप्रसाद मरासिनीलाई निवर्तमान सांसद एवं नेपाली काँग्रेसका उम्मेदवार राजु थापाले पछ्याइरहनुभएको छ ।

त्यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ एमाले केन्द्रीय सदस्य पदमा अर्यालले अग्रता लिनुभएको छ भने उहाँलाई उपप्रधानमन्त्री एवं काँग्रेसका नेता गोपालमान श्रेष्ठले पछ्याइरहनुभएको छ । त्यस्तै क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका सूर्यप्रसाद गैह्रेलाई पछाडि पार्दै काँग्रेसका भागवतप्रकाश मल्लले उछिन्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts