Tuesday, December 5, 2017

राष्ट्रिय सम्पदा मानव अधिकार पुरस्कार आचार्यलाई

पोखरा।  यस वर्षको राष्ट्रिय सम्पदा मानव अधिकार पुरस्कार अधिकारकर्मी खगराज आचार्यलाई दिइने भएको छ ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिद्वारा सञ्चालित तथा नागरिक समाजका संयोजक रामबहादुर पौडेलबाट स्थापित सो पुरस्कारको राशि रु १० हजार र ताम्रपत्र रहेको छ ।

अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसमा आचार्यलाई सो पुरस्कार दिने निर्णय गरिएको संस्थाकी अध्यक्ष शशी तुलाचनले जानकारी दिनुभयो ।

नागरिक समाजका संयोजक पौडेलले रु एक लाख एक हजार १११ अक्षयकोष राखी सो पुरस्कार स्थापना गरिदिनुभएको र सो पुरस्कार मानव अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिलाई प्रत्येक २÷२ वर्षमा दिइँदै आएको छ ।

यसअघि उक्त पुरस्कारबाट नवलपरासी जिल्लामा कार्यरत अधिकारकर्मी कैलाश ठाकुरलाई दिइएको थियो ।

पुरस्कार विश्व मानव अधिकार दिवसको दिन मंसिर २४ गते एक कार्यक्रमबीच वितरण गरिने संस्थाका महासचिव विष्णुहरि अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts