Wednesday, December 6, 2017

लेक लागेर भरियाको मृत्यु

सल्लेरी।सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकको मृत्यु भएकोछ ।

दुकौशीका गाउँपापिका–७ देउसाका २० वर्षीय पूर्णबहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासङ ल्हामु गाउँपालिका–४ गोरक्सेपमा मगंलबार साँझ लेक लागेर बिरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

इन्टेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्पको लागि भरियाका रुपमा आएका राईको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts