Tuesday, December 12, 2017

‘प्रचार सामग्रीले भक्तपुर कुरुप’

भक्तपुर। ऐतिहासिक सम्पदा रहेका क्षेत्रमा चुनाव प्रचारका क्रममा टाँगिएका ब्यानर, तुल र चुनाव चिन्ह अंकित ध्वजाका कारण भक्तपुर कुरुप बनेको छ ।

सम्पदा क्षेत्र, सडक, चोक, गल्ली र मतदानस्थलको आसपासमा ब्यापक रुपमा टाँगिएका यस्ता प्रचार सामग्री निर्वाचन सकिएको साता बित्न लाग्दा पनि नहटाउँदा भक्तपुर कुरुप बनेको हो ।

निर्वाचन आचारसंहिता विपरीत टाँगिएका यस्ता प्रचारसामग्रीका कारण भक्तपुर घुम्न आएका पर्यटकले कुरुप बनेको प्रतिक्रिया दिने गरेका छन् । भक्तपुरका पाँचतले मन्दिर परिषरमा तस्वीर लिँदै गरेका अमेरिकाका नागरिक म्याकस डेबिटले भक्तपुर कुरुप बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो—“निर्वाचनमा यस्तो गर्न पाइन्छ, हाम्रो देशमा पाइदंैन, यहाँ सरकारले कारबाही गर्दैन ?”

भक्तपुरकै दत्तात्रयमा भेटिएका जर्मनीका जर्मन नागरिक भिक्टोन माइक्सलले सम्पदाको तस्वीर समेत लिन नपाएको गुनासो गर्नुभयो । जताततै सम्पदालाई यस्ता सामग्रीले छापेकाले तस्वीर लिन नपाएको उहाँको गुनासो छ ।

विदेशी पर्यटक लिएर भक्तपुर विभिन्न ठाउँ घुमाउन आएका नेपाली पथ प्रदर्शक रामेश्वर पौडेलले भक्तपुर आएका पर्यटक दिक्क मानेर फर्कने गरेको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको आसपासमा समेत निर्वाचन प्रचार सामग्री टाँगिएकाले सम्पदाकै खिल्ली उडाएको पर्यटकले प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।

होटल व्यवसायी कैलाश श्रेष्ठले भक्तपुरमा कम्तीमा एकरात बस्ने गरेर आउने पर्यटकको संख्यामा कमी आएको बताउनुभयो । कतिपय पर्यटक दिउँसो भक्तपुर घुमेर एकरात भक्तपुर बस्ने गरेर आउँने गरेको भएपछि निर्वाचन सामग्रीले भक्तपुरलाई कुरुप बनाएपछि पर्यटक दिनभरी पनि नबसी फर्कने गरेको उहाँले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यस्ता सामग्री पटक÷पटक हटाउन निर्देशन दिए पनि दलहरुले निर्वाचन सामग्री हटाएका छैनन् । भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिकाका ऐतिहासिक सम्पदा क्षेत्र, मठ मन्दिरका वरिपरी, चाँगुनारायण मन्दिर जाने सडकलगायतका सम्पदास्थल प्रचार सामग्रीले कुरुप बनेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts