Monday, December 18, 2017

सप्तरीमा मल अभाव

राजविराज। सप्तरीमा गहुँ छर्ने बेलामा रासायनिक मलको अभाव भएको छ ।

राजविराजस्थित कृषि सामग्री केन्द्र लिमिटेडले आयात गरेर वितरण गर्नुपर्ने मल समयमा उपलब्ध नगराउँदा मलको अभाव भएको हो ।

कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएको थियो । अहिले जिल्लामा युरिया र डिएपी मल उपलब्ध नगराउँदा किसान भारतीय बजार र राजविराजलगायतका बजारमा प्रतिकिलो रु ५० भन्दा बढी मूल्यमा मल किन्न बाध्य भएका राजविराजका कृषक पुरण साहले गुनासो गर्नुभयो ।

डिलरहरुले डिएपी मलखाद निर्धारित मूल्यभन्दा प्रतिबोरा रु ३०० देखि रु ५०० बढीमा बिक्री गर्ने गरेका छन् ।

कृषि सामग्री केन्द्र लिमिटेडले दुई÷तीन दिनमा मलखाद बिक्री वितरण सहज हुने जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts