Saturday, December 9, 2017

धनकुटामा राई विजयी

धनकुटा।  एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनीलबहादुर थापालाई पराजित गर्नुभएको छ ।

विजयी हुनुभएका राईले ३७ हजार ३३३ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताउनुभयो ।

जिल्लाको कूल एक लाख पाँच हजार मतमध्ये ६७ हजार ४०३ खसेको मुख्य निर्वाचन आयोगको कार्यालय धनकुटाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts