Tuesday, December 19, 2017

बैतडीका सांसदद्वारा विद्युत् विस्तारका लागि पहल

बैतडी।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बैतडीबाट नवनिर्वाचित सांसद तथा जनप्रतिनिधिले विद्युत् सेवा विस्तारका लागि पहल थालेका छन् ।

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा (क) क्षेत्रका सांसद प्रेमप्रकाश भट्ट र प्रदेशसभा (ख) क्षेत्रका सांसद लीलाधर भट्टले बैतडीमा विद्युत् विस्तारका लागि संयुक्तरुपमा विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय, अत्तरियालाई मंगलबार संयुक्तरुपमा आग्रह गरेका छन् ।

बैतडीका मोतीनगर सवस्टेशन, पाटन–मेलौली सवस्टेशन, गिरेगडा सवस्टेशन र कटौजपानी सवस्टेशनको काम यथाशीघ्र अगाडि बढाउनका लागि उहाँहरुले आग्रह गर्नुभएको हो ।

क्षेत्रीय कार्यालयले गर्नुपर्ने प्रक्रिया यथाशक्य पूरा गरी विद्युत् विस्तारको काम अगाडि बढाउन तीनैजना सांसदले संयुक्तरुपमा मंगलबार कार्यालयमा पुगेर आग्रह गर्नुभयो ।

बैतडीमा रहेका १० स्थानीय तहमध्ये छ तहका बासिन्दा विद्युतीकरणबाट वञ्चित रहेको भन्दै यस्तो आग्रह गरिएको प्रदेशसभा (ख) का सांसद लीलाधर भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विकट क्षेत्रका नागरिकको पनि विद्युत्मा पहुँच पु¥याउन लिखित रुपमा आग्रह गरेका हौँ ।”

यसअघि विजयी भएपश्चात मतदातालाई धन्यवाद दिन तथा समस्या संकलन गर्न जिल्लाका सबै स्थानीय तहमा पुगेका नवनिर्वाचित सांसदले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने बताएका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts