Tuesday, December 5, 2017

आचारसंहिता विपरीतका सामग्री हटाइयो

विराटनगर। जिल्ला प्रशासन कार्यालय, मोरङले मङ्गलबार साँझसम्ममा विराटनगरबाट निर्वाचन आचारसंहिता विपरीतका सय किलोभन्दा बढी सामग्री हटाएको छ ।

सडकको दायाँबायाँ झुण्ड्याइएको अवस्थामा राखिएका त्यस्ता सामग्री विराटनगरको मुख्य बजारदेखि पुष्पलाल चौकसम्म, कञ्चनबारीक्षेत्र र विराटनगर–५ को कोचाखाल क्षेत्रबाट हटाइएको हो ।

भोलि बिहीबार हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मतदातालाई आकर्षित पार्नका लागि राखिएका त्यस्ता आचारसंहिता विपरीत सामग्री जिल्लाका अन्य ठाउँबाट सुरक्षाकर्मी र निर्वाचन आयोगको टोलीले हटाएका हुन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts