बुटवल।प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ ।
प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १,२ र ३ को मतगणनास्थल तय गरिएको छ । अहिले अपराह्नदेखि क्षेत्र नं १, २ र ३ को मतगणना प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिनुभयो । यस्तै क्षेत्र नं ४ र ५ को जिल्लास्थित शैक्षिक तालिम केन्द्र बसडिलवामा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । ती क्षेत्रको पनि सर्वदलीय सहमति कायम गरेर गणना शुरु भएको छ ।
जिल्लामा पाँच लाख २२ हजार ६०२ मतदातामध्ये तीन लाख ९३ हजार १५ मत अर्थात् ७५.२१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं १ मा ८७ हजार १९, क्षेत्र नं २ मा ७४ हजार ४०९, क्षेत्र नं ३ मा ८४ हजार १६२, क्षेत्र नं ४ मा ६७ हजार ८६१ र क्षेत्र नं ५ मा ७९ हजार ५६४ मत खसेको छ ।
रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिनुभयो । मतगणनास्थलमा सुरक्षा सतर्कताका लागि सिसी क्यामेराको व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा उम्मेदवार र बाहिर समर्थकको ठूलो उपस्थिति छ ।रासस
Friday, December 8, 2017
रुपन्देहीमा मतगणना शुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment