Monday, December 4, 2017

पोखरीमा डुबेर बालकको मृत्यु

खोटाङ। पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो ।

आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयवासी भगेश्वर राईले बताउनुभयो । घरमा कोही नभएको समयमा खेल्दै जाँदा माछा पोखरीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाको विषयमा अनुसन्धानका लागि घटनास्थलमा प्रहरीे टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts