Friday, December 8, 2017

प्रदेश निर्वाचन क्षेत्र १ मा वाम गठबन्धन विजयी

बाजुरा।बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो ।

वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याउनुभएको थियो । बलदेव रेग्मीले एक हजार ५२९ मतले काँग्रेस गिरीलाई पराजित गरेका हुन् । प्रदेश सभाको लागि निर्वाचन क्षेत्र २ भए पनि प्रतिनिधिसभामा भने एक निर्वाचन क्षेत्र रहेको छ ।

प्रदेशसभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ । प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार कविराज पण्डितले १० हजार ६३५ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका लालबहादुर थापाले १० हजार ७६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

शनिबारसम्म मतगणनासकिने निर्वाचन कार्यालयको भनाइ रहेको छ । बाजुरामा प्रदेशसभा १ मा १८ हजार ९९६ मत खसेको थियो भने प्रदेशसभा २ मा ३३ हजार ९९४ मत गरी जम्मा ५२ हजार ९४५ मत खसेको निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा यो वर्ष ६९ हजार ८३४ मतदाता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts