Friday, December 15, 2017

मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि शुरु

ललितपुर । ललितपुरको सैंबु भँैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ ।
‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गाैलाको पथरी फुटाएर गरिने उपचार विधि हो ।

नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मसिनको तुलनामा पथरी फुटाउने क्षमता बढिरहेको छ ।

अत्याधुनिक यस मिसिनको प्रयोगबाट मिर्गाैलाको पथरी फुटाउँदा अन्य मेसिनभन्दा बिरामीलाई दुखाई कम हुने, मिर्गाैलामा पनि कम चोट लाग्ने र विकीरणले पु¥याउने हानीसमेत कम हुने नेपाल मेडिसिटी अस्पतालका युरोलोजी विभागका प्रमुख डा महेशबहादुर अधिकारीले जानकारी दिनुभएको छ ।

मेडिसिटीले ल्याएको विश्वस्तरीय इएसडब्लुएल मेसिनको बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यस मेसिनमा अल्ट्रासाउन्ड र फ्लोरोस्कोपी जस्ता प्रविधि जडित भए पनि हाल बजारमा उपलब्ध रहेका अन्य सेवा प्रदायककै शुल्कको हाराहारीमा मेडिसिटीले यो उपचार सेवा प्रदान गरिरहेको ।’’

नेपाल मेडिसिटी गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको लगानीमा विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित सञ्चालित अन्तर्राष्ट्रियस्तरको अस्पताल हो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts