भक्तपुर।नवनिर्वाचित सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पीप डाँडाबाट गुण्डु बसपार्क जाने सडकको आज शिलान्यास गर्नुभएको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयबाट प्राप्त रु पाँच करोडमा लागतमा आगामी चैतभित्र कालोपत्रे गरिसक्ने गरी सडकको काम शुरु भएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
सांसद बस्नेतले आजै सूर्यविनायक नगरपालिका दधिकोटबाट गुण्डु मगर गाउँ जोड्ने पुलको पनि शिलान्यास गर्नुभएको छ । पन्ध्र मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको उक्त पुल स्थानीय विकास कोषको रु एक करोड १४ लाखको लागतमा बन्नेछ ।
सडक र पुलको शिलान्यासपछि सांसद बस्नेतले अबको दुई वर्ष भौतिक पूर्वाधार निर्माणको शिलान्यास वर्ष हुने र तेस्रो वर्षमा सबै योजना सम्पन्न गर्ने गरी काम अगाडि बढाइने बताउनुभयो ।
No comments:
Post a Comment