Tuesday, December 19, 2017

दुर्घटनामा सख्त घाइते महिलाको मृत्यु

पोखरा।  पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल सो वडाको मिलनटोल बस्ने २४ वर्षीया सरिता गौलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक उनका श्रीमान् शुक तामाङको हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts