Tuesday, December 19, 2017

कथाकार ब्राजाकीको अवस्था गम्भीर

काठमाडौँ। मस्तिष्क शिरोघात (स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ ।

दुई पटक मस्तिष्क शिरोघात (स्ट्रोक) शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिनुभयो । गजलकारसमेत रहनुभएका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ ।

उहाँको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts