Sunday, December 17, 2017

स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्

काठमाडौँ।  संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि आफ्नो पार्टीमा चुनौती थपिएको र पहिचानको आन्दोलनले नयाँ स्वरूप ग्रहण गरेको बताउनुभएको छ ।

पार्टीको काठमाडौँ जिल्ला समितिको आयोजनामा आज पुष्पलाल पथमा भएको विस्तारित भेलामा उहाँले अब मधेसमा संविधान कार्यान्वयन तथा लिम्बूवान, थरुहट, नेवालगायत क्षेत्रमा पहिचानका पक्षमा संघर्ष र खसान क्षेत्रमा प्रचारात्मक आन्दोलनका रूपमा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, “प्रदेश नं २ को पहिलो बैठकले त्यस प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्नेछ र त्यसले पहिचान पक्षधरका लागि महत्वपूर्ण भूमिका खेल्ने छ । त्यहाँ हुने प्रत्येक कामले अरु प्रदेशलाई पनि पहिचान प्राप्तिको आन्दोलनमा लाग्न प्रेरित गर्ने छ ।”

पार्टीका जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा भएको उक्त भेलामा पार्टी केन्द्रीय सदस्य तथा नेवाः प्रदेश समितिका सहइञ्चार्ज लालबहादुर तामाङ काठमाडौँ जिल्ला इञ्चार्ज रमेशचन्द्र प्रधानले फोरमले २ नं प्रदेश हाँक्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts