Tuesday, December 5, 2017

संवेगात्मक साक्षरतासम्बन्धी नौ हजार उत्प्रेरक

काठमाडौँ।  नेपालमा संवेगात्मक साक्षरतासम्बन्धी नौ हजार उत्प्रेरक तयार भएका छन् ।

मानिसले रिस र नकारात्मकताका बारेमा आधारभूत बुझाई पाउनसकेमा शान्तिपूर्ण, आनन्दपूर्ण र अर्थपूर्ण जीवनयापनमा सहयोग पुग्ने हेतुले वल्र्ड संवेगात्मक साक्षरता लिग ९डब्लुइएलएल०ले यससम्बन्धी प्रशिक्षणलाई विश्वभर सञ्चालन गर्दै आएको छ ।

‘संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत व्यवस्थापन’ ९ग्लोबल पिस थ्रो इमोसनल लिटेरेसी इन इजुकेसन एण्ड साइकोलोजी म्यानेजमेन्ट० सम्बन्धी यहाँ आयोजित साताँै अन्तर्राष्ट्रिय सम्मेलनमा डब्लुइएलएलका डा डिन भान लेउभानले वर्तमान समयमा संवेगात्मक साक्षरताका आवश्यकतामा जोड दिनुभयो । उहाँले नेपालमा यससम्बन्धी नौ हजार विद्यार्थी उत्पादन हुनु अन्य मुलुकको तुलनामा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

सम्मेलनमा यस वर्षको ‘दि डिन अफ इन्टरनेसनल पिस प्राइज’ प्रोफेसर डा शिशिर सुब्बालाई प्रदान गरियो । रु २५ हजार राशिको सो पुरस्कार गोर्खा फाइनान्सले प्रायोजन गरेको हो । ग्लोबल पिस फाउण्डेसन, क्रोधरहित संसार ९डब्लुडब्लुए० संस्था र प्राइम कलेजले सम्मेलनको आयोजना गरेको हो । गत वर्ष यो पुरस्कार प्राध्यापक मुरारीप्रसाद रेग्मीलाई प्रदान गरिएको थियो ।
फाउण्डेसनका अध्यक्ष ई रामरोहन पन्तले संवेगात्मक साक्षरताका विषयमा अन्य मुलुकमा भन्दा नेपालमा बढी उत्पादन भएको दाबी गर्नुभयो ।

डब्लुडब्लुएका अध्यक्ष देशमर्दन बस्नेतका अनुसार सम्मेलनमा नेपालसहित इथोपिया, चीन, बेलायत, बंगलादेश, भारत र मलेसियाका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा विभिन्न २९ कार्यक्रम प्रस्तुत र त्यसमाथि छलफल भएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts