Thursday, December 21, 2017

धनकुटामा महिला हिंसाका घटना बढे

धनकुटा।  गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ ।

बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ ।

जिल्लामा गैरराज्य पक्षबाट भएको ३८ घटनामध्ये ३३ वटा घरेलु महिला हिंसासम्बन्धी घटना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत वर्षको पुस १५ देखि एक वर्षको अवधिमा पाँचवटा ज्यूज्यानसम्बन्धी गम्भीर प्रकृतिका घटनासहित ती घटनाहरु घटेको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

मानवअधिकार वर्ष पुस्तक—२०१८ प्रकाशनका लागि सङ्कलित जिल्लामा भएका एक वर्षभरका घटनामा दुई हत्या, एक बलात्कार, दुई बहुबिबाह रहेका छन् भने विभिन्न पक्षबाट तीन दिन जिल्ला बन्द भएको थियो ।

जिल्लाका ग्रामीण क्षेत्रमा रोजगार, स्वास्थ्य, शिक्षा एवं मानवअधिकारका क्षेत्रमा सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझावसमेत समावेश गरी इन्सेक वर्ष पुस्तक—२०१८ का लागि प्रतिवेदन तयार गरिने जिल्ला शाखाका संयोजक सन्तोष रुचाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts