Monday, December 4, 2017

गाउँपालिकाबाट महिला सुरक्षित आवासगृह संचालन

मलेखु (धादिङ)। थाक्रे गाउँपालिकाले आफैँले हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह संचालन गर्ने भएको छ ।
थाक्रे–२ समनटारमा सहयात्री समाजले संचालन गर्दै आएको महिला सुरक्षित आवासगृह गाउँपालिका आफैँले संचालन गर्न स्वामित्व लिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो । विसं २०७२ को भूकम्पपछि समाजले संचालनमा ल्याएको आवासगृहमा हिंसापीडित महिलालाई राख्दै आएको थियो । अब गाउँपालिकाले सो केन्द्र संचालन गर्ने गरी आफ्नो अपनत्व लिएको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामै पहिलो पटक गाउँपालिका आफैँले हिंसापीडित महिलाका लागि आवासगृह संचालन गर्न लागेको हो । समाजले गाउँपालिकाको नेतृत्वमा आवासगृह संचालनका लागि सहयोग गर्ने जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts