Saturday, December 2, 2017

देशको भलो नचिताउनेहरुबाट बहुराष्ट्रको नारा आएको अध्यक्ष ओलीको भनाइ

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको भलो नचिताउने पार्टीहरुले बहुराष्ट्रको नारा दिएको बताउनुभएको छ ।

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उहाँले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरका यस्ता पार्टीसँग राष्ट्रियस्तरका पार्टीले तालमेल गर्न पुगेको बताउनुभयो ।

नेता ओलीले भन्नुभयो, “एउटा शासन व्यवस्था, राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र हो ।” अध्यक्ष ओलीले सुशासन, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहँुच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँर्दै उहाँले एमालले नै क्षेत्रीयवादी वैमनश्यता हटाई राष्ट्रिय एकता कायम राख्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै, पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक र विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले पञ्चायत कालमा हत्या गरिएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, राम लक्ष्मणलाई आफ्नो नेतृत्वमा बनेको सरकारले नै शहीद घोषणा गरेको स्मरण गराउनुभयो ।

चुनावी सभामा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले नेपाली काँग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरबाट छैठौं शहरमा पु¥याएको आरोप लगाउँदै प्रदेश नं १ को राजधानी विराटनगर नै हुने बताउनुभयो ।

सभामा नेकपा (माओवादी केन्द्र)का लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तर विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts