Sunday, December 17, 2017

नेपाल बंगलादेशसँग ६–० ले पराजित

काठमाडौँ। यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् ।

मोगिनीले खेलको १३आँैं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् ।

यस्तै, खातुनले खेलको ६९आँै र ७२आँैं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।

नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts