Thursday, December 14, 2017

म्यादी प्रहरीको मृत्यु

दार्चुला।  काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ ।

नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts