नेपालगन्ज। प्रारम्भिक मतगणना अनुसार बाँके क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राईले एक हजार १२ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद ७९४ र वाम गठबन्धनका पशुपति दयाल मिश्रले ५७० मत प्राप्त गर्नुभएको छ ।
इलाम–१ मा खनालको अग्रता
इलाम- प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ ।
दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाङमा वाम गठबन्धनको अग्रता
दाङ- प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।
क्षेत्र नं १ मा वाम गठबन्धनका मेटमणि चौधरी एक हजार ६१२ मतसहित अगाडि हुनुहुन्छ भने नेपाली काँग्रेसका सुशीला चौधरीले एक हजार २१८ मत पाउनुभएको छ । प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं १ को (क) मा गठबन्धनका इन्द्रजित थारुले ९६६ र काँग्रेसका प्रदीप थापाले ६३९ मत प्राप्त गर्नु भएको छ । प्रदेशसभा (ख) मा गठबन्धनका रेवतीरमण शर्माले एक हजार २१० र काँग्रेसका जानकिलाल बस्नेतले ८२३ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं २ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णबहादुर महराले तीन हजार २२० मत ल्याउनुभएको छ भने नेपाली काँग्रेसका राजु खनालले दुई हजार १७७ मत प्राप्त गर्नु भएको छ । प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं २ को (क) मा गठबन्धनबाट नेकपा (एमाले) का शंकर पोख्रेलले तीन हजार ७१७ र काँग्रेसका कमल किशोर घिमिरले एक हजार ९९६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रदेशसभा (ख) मा गठबन्धनका अमर डाँगीले तीन हजार ४९३ र काँग्रेसका भरतबहादुर न्यौपानेले एक हजार ९८९ प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा गठबन्धनकै पहिराचन्द्र केसीले दुई हजार ५२९ र काँग्रेसका दीपक गिरीले दुई हजार १५१ मत प्राप्त गर्नु भएको छ । प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं ३ को (क) मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका जगप्रसाद शर्माले एक हजार ५०८ र काँग्रेसका डिल्ली चौधरीले एक हजार ४३२ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (ख) मा गठबन्धनका उत्तरकुमार वलीले एक हजार ७०८ र काँग्रेसका बुद्धिराम भण्डारीले एक हजार ३०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लपुमा वाम गठबन्धनको अग्रता
ललितपु । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
साँझ ५ बजेसम्म क्षेत्र नं १ मा नेकपा(एमाले)का नवराज सिलवालले दुई हजार १२२ मत ल्याउनुभएको छ ।
नेपाली काँग्रेसका उदयशम्शेर राणाले एक हजार ९०६ मतले उहाँलाई पछ्याइरहनुभएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका कृष्णलाल महर्जनले १५ हजार ८६५ मतले अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका चन्द्र महर्जनले १० हजार १२९ मत ल्याउनुभएको छ । क्षेत्र नं ३ मा माओवादी केन्द्रकी पम्फा भुसालले सात हजार ९७५ मत ल्याएर अग्रता लिइरहनुभएको छ । काँग्रेसका मदनबहादुर अमात्यले सात हजार ६२४ मतले उहाँलाई पछ्याइरहनुभएको छ ।
प्रदेशसभा ३ (क) मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार ४४४ मत र काँग्रेसका नवराज महतले एक हजार ५४२ मत ल्याउनुभएको छ । प्रदेशसभा ३ (ख) मा एमालेका जीवन खड्काले दुई हजार ६८ मत ल्याएर अग्रता लिइरहनुभएको छ । काँग्रेसका शिवराम बानियाँले एक हजार ९६२ मत ल्याउनुभएको छ । क्षेत्र नं १ का प्रदेशमा केहीबेर पहिले मात्रै मतगणना शुरु भएको छ । क्षेत्र नं २ का प्रदेशको अझै मतगणना हुन सकेको छैन ।
सप्तरी २ मा यादवको अग्रता
राजविराज- प्रतिनिधिसभा क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ९७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच क्षेत्र नं १, ३ र ४ को पनि मतगणना शुरु भइसकेको प्रजिअ भागिरथ पाण्डेले जानकारी दिनुभयो ।
मकवानपुर–१ मा थापाको अग्रता
हेटौँडा- प्रतिनिधिसभा मकवानपुर क्षेत्र नंं १ मा सार्वजनिक भएको प्रारम्भिक मतणनानुसार लोकतान्त्रिक गठबन्धनका कमल थापा थोरै मतले अगाडि देखिनुभएको छ ।
थापाले एक हजार ३३८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले पछ्याउनुभएको छ । त्यसैगरी क्षेत्र नंं २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई २७० मतका साथ नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यायले पछ्याइरहनुभएको छ ।
No comments:
Post a Comment